Section 10A
कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्ने
(१) कुनै व्यक्तिले एकमुष्ट वा पटक पटक गरी राष्ट्र बैंकले तोकेको अवधिभित्र सोही बैंकले तोकिदिएको सीमाभन्दा बढी रकमको कारोबार गरेमा सूचक संस्था तथा सरकारी निकायले त्यस्तो कारोबार भएको मितिले पन्ध्र दिनभित्र वित्तीय जानकारी इकाईलाई सो सम्बन्धी जानकारी उपलब्ध गराउनु पर्नेछ । स्पष्टीकरणः यस उपदफाको प्रयोजनका लागि “सरकारी निकाय” भन्नाले मालपोत कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल सरकारले तोकेको अन्य सरकारी निकाय सम्झनु  पर्छ । (२) उपदफा (१) बमोजिमको जानकारी उपलब्ध गराउने प्रतिवेदनको ढाँचा, पद्धति तथा कार्यविधि वित्तीय जानकारी इकाईले तोकिदिए बमोजिम हुनेछ ।